
इलाम।इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोकको मेची राजमार्गमा एक जना युवा मृत फेला परेका छन् ।
मृत्यु हुनेमा सुनपा– ११ का मदन राईका २४ बर्षीय छोरा सन्दिप राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार राईको मृत्युको कारण खुल्न सकेको छैन । राईको दाइने खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा समेत घाउ भएको छ । मृतकको शवको पोष्टमार्टम समेत भइसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


574 पटक हेरिएको 






