इलाम/संघीय सरकारले इलामका लागि विनियोजन गरेको बजेटमध्ये करिव एक अर्ब रुपैयाँ रकम फिर्ता भएको छ । गत आव २०७४÷०७५ मा विनियोजन भएको मध्ये ९५ करोड सात लाख ९८ हजार चार सय ५७ रुपैयाँ रकम फिर्ता भएको हो । फिर्ता भएको रकम इलाम जिल्लामा संकलन भएको राजश्वको दोब्बरभन्दा बढि हो । इलाममा ४२ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
इलाममा आठ अर्ब ७० करोड ६० लाख ५५ हजार आठ सय ४२ रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमध्ये सात अर्ब ७५ करोड ५२ लाख ५७ हजार तीनसय ८५ रुपैयाँ रकम खर्च भएको छ । विनियोजित बजेट मध्ये खर्च ९५ करोड सात लाख ९८ हजार चार सय ५७ रुपैयाँ रकम खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय इलामले जनाएको छ ।
फिर्ता भएको रकम मध्ये चालु तर्फको बजेट बढि रहेको छ । चालु तर्फ पाँच अर्ब, ८७ करोड ५९ लाख १९ हजार आठ सय ४२ रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमध्ये पाँच अर्ब १७ करोड २८ लाख ४७ हजार सात सय ४३ रुपैयाँ खर्च भएको तथ्याङ्क छ । चालु तर्फ ७० करोड ३० लाख ७२ हजार ९९ रुपैयाँ बजेट फिर्ता भएको छ । जिल्ला समन्वय समितिमा विनियोजन भएको ४३ करोड ५८ लाख ८३ हजार रुपैयाँ बजेट निकासा नै नभई फिर्ता भएको देखिन्छ । तर, जिल्ला समन्वय समितिकोको समेत लेखाको जिम्मेवारी पाएका मानभक्त श्रेष्ठले भने जिल्ला समन्वय समितिको सो रकम विनियोजननै नभएको बताए । ‘समन्वय समितिमा त्यो रकम विनियोजन भएको रेकर्डनै छैन’–उनले भने–‘शुरुमा सामाजिक सुरक्षा बापतको रकम विनियोजन भएको हुनसक्ने र स्थानीय तहमानै सामाजिक सुरक्षाको रकम गएपछि फिर्ता गरेको हुनसक्छ ।’
विकास निर्माणका लागि छुट्टिने पुजीगत तर्फभने २४ करोड ७७ लाख २६ हजार तीनसय ८५ रुपैयाँ रकम फिर्ता भएको छ । पुजीगत खर्चको लागि दुई अर्ब ८३ करोड एक लाख ३६ हजार रुपैयाँ रकम विनियोजन भएको थियो । त्यसमध्ये दुई अर्ब ५८ करोड २४ लाख नौ हजार छसय १५ रुपैयाँ रकममात्रै खर्च भएको कोलेनिकाले जनाएको छ । जिल्लाबाट शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सवैभन्दा बढि रकम फिर्ता गरेको छ । शहरी विकासले एघार करोड ६४ लाख ७८ हजार छ सय ७१ रुपैयाँ रकम फिर्ता गरेको छ । त्यस्तै सडक डिभिजन कार्यालयले पाँच करोड ३८ लाख ६२ हजार आठ सय रुपैयाँ फिर्ता गरेको छ भने जिल्ला प्राविधिक कार्यालयले तीन करोड २९ ला ५४ हजार तीन सय आठ रुपैयाँ रकम फिर्ता गरेको छ । प्रमुख कोष नियन्त्रक रविन कोइरालाले भने राष्ट्रिय औषत भन्दा इलाममा बढि खर्च भएको बताए । ‘राष्ट्रिय औषतको तुलनामा इलामको खर्च सन्तोषजक मान्नुपर्छ’–उनले भने–‘पुजीगत तर्फ २४÷२५ करोड रुपैयाँ फिर्ता हुनु स्वभाविक नै हो ।’

गत आर्थिक वर्षमा इलााममा ४२ करोड २१ लाख २३ हजार पाँच सय ८८ रुपैयाँ राजश्व संकलन भएको छ ।
जिल्लामा सवैभन्दा बढि करदाता सेवा कार्यालयले राजश्व संकलन गरेको छ । करदाता सेवा कार्यालयले २५ करोड भन्दा बढि राजश्व संकलन गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयले २ करोड ६२ लाख मालपोत कार्यालयले एक करोड ३९ लाख, यातायत ब्यवस्था कार्यालयले दुई करोड ९० लाख, पशुपतिनगर भन्सार कार्यालयले ८४ लाख ५३ हजार रुपैयाँ, जिल्ला ट्राफिक कार्यालयले ८१ लाख ९२ हजार रुपैयाँ र जिल्ला वन कार्यालयले ७६ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।


638 पटक हेरिएको 






