माइभ्यालीलाई एम्बुलेन्स हस्तान्तरण

  सरलपाटी सम्वाददाता

 510 पटक हेरिएको


इलाम।सूर्योदय नगरपालिका–१२ का समाज सेवी तारा–रोजु सापकोटाले माइभ्याली फूटबल क्लबलाई शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरेका छन् । जिल्लामा फुटबलको विकासका लागि क्रियाशील क्लबलाई खेलकुद क्षेत्रको विकासमा थप सहयोग पु¥याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको तारा सापकोटाले बताए । उनले भने ‘हामी पनि यही जिल्लाबासी हौं, कम्तिमा पनि आफ्नो जिल्लामा केही गर्नुपर्छ भन्ने भावनाले सहयोग गरेका छौं, ताकि यो देखेर अरूलाई पनि प्रेरणा मिलोस भन्ने हाम्रो चाहाना हो ।’
क्लबले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा सापकोटा दम्पदीले एम्बुलेन्सको चाबी र कागजपत्र क्लबका अध्यक्ष धिरेन चेम्जोङलाई हस्तान्तरण गरेका हुन् । चाबी हस्तान्तरण पछि क्लबका अध्यक्ष चेम्जोङले दाताहरूले दिएको एम्बुलेन्सलाई जिल्लाको अवश्यकता अनुसार एम्बुलेन्सका रूपमा नभइ शव बहानका रूपमा सञ्चालन गरिने बताए । शव बहान बनाउन दाताहरू सहमत भएकाले र शव बहानकै रूपमा ल्याउन नमिल्ने भएकाले यही एम्बुलेन्सलाई शव बहानका रूपमा प्रयोगमा ल्याइने अध्यक्ष चेम्जोङको भनाइ छ । यो एम्बुलेन्सलाई क्लबका नाममा दर्ता गरेपछि शव बहान बनाउने प्रक्रियामा जाने चेम्जोङले बताए । जिल्लामा एउटै पनि शव बहान नभएकाले सर्वसाधारणले महंङ्गो शुल्क तिरेर अन्य सवारी साधनबाट शव लिएर हिड्नु पर्ने बाध्यता रहेको भन्दै चेम्जोङले सबैको हितका लागि शव बहान बनाउन लागिएको बताए ।
दाता द्धय सापकोटा दम्पदीले माइभ्याली फूटबल प्रतियोगिताको शुरूदेखिनै प्रथम पुरस्कार दिंदै आएका थिए । गत वैशाखमा भएको प्रतियोगितामा भने प्रथम पुरस्कारलाई इलाम नगरपालिकाले ‘मेयर्स प्राइज’ का रूपमा प्रदान गरेपछि सापकोटा दम्पदीले यो वर्ष क्लबलाई एम्बुलेन्स दिने घोषणा गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले माइभ्याली फुटबल क्लबले जिल्लामा रहेर पनि राष्ट्रको प्रतिनिधित्व गरिरहेको भन्दै यसको निरन्तरताको आवश्यकता औंल्याए । खड्गीले सदरमुकाममा रहेको ठूलो टँुडीखेल नेपाली सेनाको नाममा भएकाले एन्फाबाट खेलमैदान मर्मतका लागि आएको दशलाख रूपैयाँ रकम पनि खर्च गर्न नमिलेपछि सूर्योदय नगरपालिका स्थित करफोक खेलमैदानमा प्रयोग गरिएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकालले सापकोटा दम्पदीले खेल क्षेत्रको विकासका लागि गरेको सहयोगको उच्च मुल्याकंन गर्नुपर्ने बताइन् । अध्यक्ष ढकालले सदरमुकामको ठूलो टुँडीखेल आफैंले राख्ने वा स्थानीय तहलाई हस्तान्तरण गर्ने भन्ने विषयमा नेपाली सेनाले सुझाव संकलन थालेकाले त्यसप्रति के सुझाव दिने भन्ने विषयमा ध्यान दिन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा क्लबका अध्यक्ष चेम्जोङले सेनाले थालेको सुझाव संकलनमा यो टुँडीखेलको विकल्पमा ननेपाली सेनालाई अन्य स्थान व्यवस्था गरेर टुँडीखेललाई स्थानीय सरकारको नाममा हस्तान्तरण गर्नु उचित रहेको बताए । कार्यक्रममको सञ्चालन दिनेश काफ्ले र स्वागत क्लबका उपाध्यक्ष बसन्त थाम्सुहाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार