
इलाम।इलाम नगरपालिका वडा नं. ५ निवासी पुनम भट्टराईले अमर मावि बरबोटेलाई दई थान डष्टविन प्रदान गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका समाजसेवी भट्टराईले विद्यालयको सरसफाइमा योगदान पुगोस् भन्ने उदेश्यले विद्यालयलाई डष्टबीन हस्तान्तरण गरेको बताए । उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पौडेल र विद्यालयका प्रअ सोमनाथ निरौलालाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता ठाकूर श्रेष्ठ र वडा नं. ४ का वडाध्यक्ष नुतनदेव दुलालको समेत उपस्थिति रहेको थियो ।


813 पटक हेरिएको 






