बिब्ल्याँटेमा फुलपाती विशेष कार्यक्रम

  सरलपाटी सम्वाददाता

 718 पटक हेरिएको


विगतमा जस्तै इलाम नगरपालिका वडा नं. ५ स्थित विब्ल्याँटेमा फुलपाती कार्यक्रम सम्पन्न भएको छ । मनोरञ्जनात्मक खेल र साँस्कृतिक कार्यक्रमहरु सहित फूलपाती कार्यक्रम गरिएको छ ।
हेलिबोध फुटबल क्लबले आयोजना गरेको फुलपाती विशेष कार्यक्रममा बालबालिका, महिला, र पुरुषहरुका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरुमा प्रतिष्पर्धा गराइएको थियो । मुखले फल, टिप्ने, म्यूजिकल चियर, बोरा दौड, भाले झिक्ने, बेलुन फुटाउने, पिलो फाइटलगायतका मनोरञ्जनात्मक खेल सञ्चालन गरिएको थियो । कार्यक्रममा साँस्कृतिक कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
कार्यक्रममा दाताहरुलाई सम्मान पनि गरिएको थियो । विजयदशीको अवसरमा आयोजित खुल्ला नकआउट फुटबल प्रतियोगिताका प्रायोजक काजीबहादुर श्रेष्ठ, पदम गुरुङ्ग र इन्द्र शिवालाई सम्मान गरिएको थियो । श्रेष्ठले फुटबलको प्रथम पुरस्कार ४० हजार, गुरुङ्गले दोस्रो पुरस्कार २० हजार शिवाले ट्रफिहरु प्रायोजन गरेका छन् । यसरीनै सहयोग गर्ने अमर माध्यमिक विद्यालयलाई पनि प्रंशसा पत्र प्रदान गरिएको छ ।
क्लबका अध्यक्ष पूर्ण फत्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एन्फाका केन्द्रीय सदस्य निरोज खड्की, विशेष अतिथि ठाकूर नारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, वडा नं. ५ का सदस्य गृष्म सुब्बा, समाजसेवी मनराज जबेगूलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
फुटबलको फाइनल भने बुधबार हुने आयोजकले जनाएको छ । हेल्लो जस्बीरे र आयोजक हेलिबोध बीच फाइनल खेल हुनेछ ।
यसरीनै जिल्लाका विभिन्न स्थानहरुमा फुलपाती भित्र्याउने र पूजासमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार