
काठमाडौं।प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन् ।
प्रधानमन्त्री ओलीले डा. गंगाप्रसाद उप्रेतीलाई आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त गर्नु भएको छ । यसैगरी सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेका छन् । उप्रेती यसअघि पनि सोही पदमा कार्यरत थिए ।
प्रधानमन्त्री ओलीले उपकुलपति डा.उप्रेतीलाई आजै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनीयताको सपथ गराएका छन् ।
सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाली वाङमयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनु पर्ने बताए । “साहित्यिक अभियान,राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो ।” प्रधानमन्त्रीओलीले भने ।
नेपालको सामाजिकमूल्यमान्यताविश्वमा नै अनुपम रहेको बताउनुभएको छ । नेपालमा जस्तो सामुहिक परिवार विश्वमाकतै पनिनभएको उल्लेख गर्दै प्रधानमन्त्रीओलीले भन्नुभयो “यो प्रणालीबाट धेरैे संस्कार सिक्न सकिन्छ । ”
प्रधानमन्त्रीओलीले नेपालका साँस्कृतिक पर्वहरुले सामाजिक सम्बन्धलाई मजवुद बनाउने काम गरेको बताए । सामाजिक रुपमा, पारिवारिक रुपमा कहिले कुनै प्रकारले द्वन्द्व, झगडा भइहाले पनि चाडपर्वले त्यसलाई पुनः स्थापित गरिदिने प्रधानमन्त्री ओलीको भनाइ छ । “दिदीभाइबीच झगडा भए तीजले मिलाइदिन्छ । दाजुभाइबीच झगडा भए दशैंले मिलाइदिन्छ । दाजु बहिनीबीच झगडा भए तिहारले मिलाइदिन्छ” प्रधानमन्त्रीओलीले भने “हाम्रा सामाजिक पर्वहरुले सम्बन्धलाई पुनः मर्मत गर्ने काम गरेका छन् ।”


546 पटक हेरिएको 






