काठमाडौं÷प्रधानमन्त्री केपीशर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताए ।
प्रेस चौतारी र प्रेस सेन्टरले आज पार्टी केन्द्रीयकार्यलयमाआयोजना गरेको अन्तरक्रियाकार्यक्रममाबोल्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीओलीले सरकार गठन भएकै दिन देखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताए । ‘हामी हनिमुन मनाउन आएका होइनौं । कामगर्न आएकाहौं’ प्रधानमन्त्रीओलीले भने, ‘सरकार गठन भएका दिन देखि अपदस्थ गर्छौं भन्नेहरुलाई थाहा हुन प¥यो चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ । जसरी हामीले काँग्रेसलाई अपदस्थ ग¥यौं । ’
प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुको सरकार आएको मन नपराउनेहरु अहिले विभिन्न नाममा आन्दोलनमा लागेको बताए । ‘उनीहरुलाई खटपट भएको छ ,जसले प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख दिन्छौं भनेका थिए । उही व्यक्ति शासनमा छ अहिले । जसले मलाई जेलमा षडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छु अहिले’ प्रधानमन्त्री ओलीले भन्नुभया,े ‘यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो । त्यस कारण यस्ता षडयन्त्रबाट डराउनु पर्ने केही छैन ।’
प्रधानमन्त्रीओलीले काँँग्रेसलाई प्रश्न गरेका ‘काँग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन?कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ । कतिपय ठाउँमा बुर्का ओडेर बोलेको छ ।’ नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्यूष्टि पार्टीले गर्ने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्रीओलीले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताए । ‘बिरामीको उपचार गर्नेजागिर खाएर हड्तालगर्ने ?’ प्रधानमन्त्रीओलीले भने, ‘डाक्टरको जागिर खाएर हड्तालगर्न पाइदैन भनेर सबैले बुझ्नु पर्दछ ।’
प्रधानमन्त्रीओलीले मन्त्रीहरुकाअनुपयुक्तबोलीमाआफ्नो ध्यानभएको बताउनु भएको छ । त्यस्ता कुराहरुलाई विधि सम्मत ढंगले सम्बोधनहुने वहाँले बताउनुभयो ।
सरकारका बारेमा सञ्चार माध्यमहरुलाई गलत सूचना प्राप्तभएको हुन सक्ने प्रधानमन्त्री ओलीले बताए । ‘सरकारले राम्राकाम गरेको छ । रेलल्याउने कुरा गरेको छ । मेलम्चीको पानी चाँडै काठमाडौं आउदैछ । ’ प्रधानमन्त्री ओलीले भने ‘अघिल्लो सरकारले धेरै वेथिती छोडेर गएकोले त्यसको सुधारका लागि केही समय लाग्छ । यो स्थायी सरकार हो । पाँच महिनामा नै आतिनु पर्ने केही छैन ।’ सुशासन र विकास हुन नदिने प्रयासलाई सफल हुन नदिने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा आफू गम्भिर भएको बताएका छन् ।


415 पटक हेरिएको 






