कांग्रेसकाे विधान संसाेधन संकलन कार्यक्रम अाजदेखि सुरू

  सरलपाटी सम्वाददाता

 433 पटक हेरिएको

इलाम ।  नेपाली कांग्रेसको १ नम्बर प्रदेशिय विधान संसोधन सुझाव  संकलन कार्यक्रम आज इलामबाट सुरु भएको छ । आज भएको कार्यक्रममा छलफलका लागि ५ वटा उपसमिति निर्माण गरिएको छ । पार्टीका क्षेत्रीय सभापति नुतनदेव दुलालका अनुसार उपसमितिले भिन्नाभिन्नै समितिबाट ह्राय संकलन गर्ने र त्यसपछि एकमुष्ठ रुपमा छलफल गरेर भोली सुझाव पठाइने छ । पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङगानाको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।
दुलालका अनुसार मुलुकको वर्तमान संविधानले व्यवस्था गरे अनुसार तीनै तहका संरचनालाई सामूहिक जिम्मेवारीका साथ वडा देखि केन्द्रसम्मको पार्टीको संरचना तयार गरिने जनाइएको छ । यो सुझावलाई आउँदो महासमिति बैठकमा बुझाउने तयारी छ । कार्यक्रममा केन्द्रीय सदस्य ढुङगाना, पार्टी जिल्ला सभापति हिमालय कर्मचार्य र पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठले बोलेका थिए ।
१ नम्बर प्रदेशमा इलाम र विराटनगरबाट हय संकलन गर्ने काम भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार