झापाबाट निर्वाचित सांसद पवित्रा खरेल अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापति निर्वाचित

  सरलपाटी सम्वाददाता

 566 पटक हेरिएको


इलाम । प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापतिमा पवित्रा निरौंला (खरेल) निर्विरोध निर्वाचित भएकी छन् ।
अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सभापतिमा समितिकी सदस्य निरौंलालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । एक जनाको मात्रै उम्मेदवारी परेकाले निरौंलालाई निर्विरोध सभापतिमा चयन गरिएको समितिका जेष्ठ सदस्य दिव्यमणि राजभण्डारीले जानकारी दिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद खरेलले सभापतिमा निर्विरोध निर्वाचित भएपछि सबै दलको सहकार्यमा समितिलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् । उनले परराष्ट्र मामिलाका जानकार नेताहरु रहेको समितिको सभापति भएकाले आफूलाई कार्य सम्पादन गर्न सहज हुने धारणा पनि राखिन् । नेपालको परराष्ट्र नीतिलाई पञ्चशिलको सिद्धान्त अनुसार अघि बढाउन पहल गर्ने नवनिर्वाचित सभापति निरौलाको योजना छ ।

अन्तराष्ट्रिय सम्बन्ध समितिमा २५ जना सदस्य रहेका छन् । ती सबै सदस्यहरुसँग सहकार्य गरेर समितिलाई अघि बढाउने नवनिर्वाचित सभापति निरौलाको प्रतिवद्धता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार