दिगो विकासका लागि मूलत हामीले सातौ योजना देखि नै जोड दिदै आएको देखिन्छ । दिगो विकासको अवधारणा नेपालमा १९८० को दशक देखि नै थालनीको प्रयास भएको हो । दीर्धकाल सम्म रहिरहने विकास कार्यहरु सडक भवन विद्युत विस्तार,औद्योगिक विकासका कार्यहरु गर्दा अपनाउनु पर्ने उपायहरुलाई हामीले कतिको ध्यान पु¥याएका छौं ?
हामीले तत्काल लाभ लिनका लागि ठूला–ठूला मेसिन औजार प्रयोग गरेर निर्माण गरिरहेको सडम खेल मैदान हाईड्रो पावर कतिको भरपर्दो छ । हामीले वातवरणमा पर्ने नकारात्मक प्रभाव बारे सोचेका छौ ? हामीले विकास कसका लागि वा कति समयका लागि गर्दैछौं ? के भोलिको सन्ततीका लागि सोचेका छौं ? अहिले हरेका गाउपालिका र नगरपालिकाहरुमा स्काईभेटर ,डोजर र अन्य उपकरण किन्ने होड नै चलेको छ । निजी क्षेत्रबाट पनि त्यतिकै मात्रमा खरिद गरेको देखिन्छ । बैकिङ्ग क्षेत्रको लगानी पनि त्यतिकै छ । १ वडामा कम्तीमा पनि ३ वटा स्काईभेटर र डोजर भेटिन्छ । हरेक गाउमा बाटो बनाउने होड चलेको छ हिउदोमा कुनबाटोकहा पुगिन्छ भनेर छुट्टाउनु गाह्रो हुन्छ भने वर्षायाममा एउटा बाटो राम्ररी सञ्चालन भएको हुदैन त के प्राय मोटर कुद्न सक्ने कुनै हुदैन । कहाँनेर हामी चुक्यौ सस्तो लोक प्रियता कमाउनका लागि जतासुकै बजेट विनियोजन गरेको देखिन्छ । बाटो बनाउने नामा मा हामीले विगत १० वर्ष देखि कुन बाटोेमा कति खर्च गरका छौ ? त्यसबाट समुदायले कति लाभ लिईरहेका छौ ? के लेखाजेखा गरेका छौं ? हामी त्यहा चुक्यौ योजना छनौट र आवश्यकता पहिचान गर्न प्राथमिकिकरण गर्न लाभंस लेखाजोखा गर्न । अब हामीले साच्चै सोच्नेबेला आएकोछ ।
के हो दिगो विकास ?
हाम्रा वरिपरि छरिएर रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदा परम्परागत संरक्षण, प्रविधि तथा सीपआदिलाई वैज्ञानिक दृष्टिकोणले विश्लेषण गरी उचित प्रविधिको प्रयोग गरी वातवरणीय रुपमा नकारात्मक प्रभाव पर्ने कार्यलाई सकेसम्म न्यूनीकरण गर्नुै दिगो विकास हो । हामीले प्राकृतिक सम्पदाको उपयोग गर्दा भावी सन्ततिको आवश्यकता र वातवरण जोगाउने ढंगले गनुपर्छ । प्राकृतिक स्रोत, साधन, वातावरण जनसंख्या र विकास गतिविधिहरु बीचको उचित एवं सन्तुलित तालमेल नै दिगो विकास हो । अहिले गाउ घरमा निर्मार्ण गरिएको सडक तथा अन्य पूर्वाधार विकासले यस्ता विषयहरुको सम्बोधन गरेको देखिदैन ।
वर्तमान समाजलाई वातावरण नबिग्रने गरी आफ्नो जीवन स्तर उकास्न सहयोग पुग्छ कि पुग्दैन यस कुरालाई हामीले ध्यान दिनु पर्छ । सामाजमा पछि पारिएको वर्ग सिमान्तकृत र अल्पसंख्यकहरुको जीवनमा हामीले गरेको विकासले कतिको सकारात्मक प्रभाव पारेको छ ? यस बारे हामीले गरेको विकासको प्रभाव मूल्यांकन गरेको छौ ? दिगो विकासका लागि जनसंख्या,वातवरण र विकास समानुपातिक ढंङ्गले अगाडी बढाउनु नै वातावरण व्यवस्थापन हो । वातावरण संरक्षण र आर्थिक विकास, वातावरण र गरिवी न्यूनीकरण बीचको अन्तरसम्बन्ध , वातवरण र समय विचको अन्तरसम्बन्ध,वातवरण र राष्ट्रिय नीति तथा क्षेत्रगत नीतिहरु बीचको सम्बन्ध आदि विषयहरुको वातावरण व्यवस्थनपनसँग हुन्छन् ।
विकास निर्माण गर्दा वातावरणीय पक्ष अति महत्वपुर्ण हुन्छ एउटा विकास गर्दा अर्कौ विनास गर्नु हुदै हुदैन । विकासले कसरी वातारणमा असर पु¥याउछ भन्ने उदाहरण हामीले दिन दिनै भागका छौ यसको जलन्त उदाहरण नारायणगढ मुग्लिन सडक हो । २० औं वर्ष देखि सास्या जिउकोतिउ छ । हजारौं किलो मिटर बाटो निर्माण गर्ने खर्च अहिले पनि त्यही भईरहेको छ । हामीले अहिले निर्माण गर्दै गरेको गाउँघरको सडकले कतै त्यस्तै नियति भोग्नु पर्दैन अहिले नै सोचौं । पानीका मुहानहरु सुक्दै र हराउदै जानु, पहिरोको प्रकोप,बाली नालीको नोक्सान कतिको भएको छ र हुनेछ भनने विचार हामीले गरेका छैनौं । जैविक विविधताको विनास जीवजन्तुको बास स्थान नष्ट हुदा त्यसले मानिसको जीवनमा मात्र नभएर प्राकृतिक सन्तुनमा नकारात्मक असर पार्दछ । वातावरण मैत्री विकासको अवधारण अवलम्बन नगर्दा पृथ्वीको तापक्रम दिनानुदिन बढ्दैछ । यसले मानव स्वस्थमा समेत असर पर्दैछ । त्यसैले विकास निर्माणमा वातावरण व्यवस्थापनको महत्व छुट्टै पाटो नभई विकास र वातवरण एक अर्काको परिपुरक हो भन्ने हेक्का सबैले राख्नु जरुरी छ । पारिस्थितिक प्रणाली,जैवैकि विविधता,भुक्ष्य,वन–विनास, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप न्यूनीकरण गर्न, प्राकृतिक श्रोत(पानीका मुहान, वन, खानी र खोला नालको) संरक्षण गर्न जरुरी देखिन्छ ।
अब के गर्ने ?
अहिले सम्म हामी हाम्रा जनप्रतिनिधि,कर्मचारी र निजी क्षेत्रले जे जस्तो किसिमले विकास निर्माण गर्दै आएका छौ अब त्यसो नगरौ सके सम्म हामीले स्थानीय योजना प्रक्रियामा वातावरण सम्बन्धी विषयहरु मुल प्रवाहिकरण गरौं, स्थानीय शासन पद्धतिलाई वातावरणमैत्री बनाऔं, वातावरणमैत्री दिगो विकास हासिल गर्न आधारभुत स्तरदेखि नै सबैलाई जिम्मेवार गराऔं, वातावरण र विकासमा समन्वय तथा सहकार्यलाई प्रोत्साहित गरौं, स्थानीय शासन सञ्चालनमा सहयोग पु¥याउन मन्त्रालयबाट जारी भएका कार्यविधि एवम् निर्देशिकाहरूको कार्यन्वयनमा जोड दिऔ, वातावरण संरक्षण, जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण जस्ता विषयलाई विकास कार्यक्रमको एक अभिन्न अंगको रुपमा हेरौं । त्यसैले यसका लागि स्रोत भन्दा पनि सोँच महत्वपुर्ण पक्ष हुन्छ भन्ने बुझौं । वातावरण संरक्षण र सुधार सम्बन्धी राम्रा उदाहरणलाई सबैतिर फैलाउने र कमी कमजोरी सच्याउदै सबैको काम कर्तव्य जिम्मेवारी स्पष्ट पारेर समन्वयात्मक रुपमा नतिजा प्राप्त गर्ने साझा प्रारुप तयार पारौ । घरपरिवार देखि गाउँ नगर तथा जिल्ला सम्म वातावरणीय शासनलाई स्थापित गरी सुन्दर र वातावरणमैत्री समाजको सिर्जना गर्नु, हामी सबैको दायित्व हो त्यसैले दृष्टि विहिनले हात्ती छामेर अनेक अर्थ लगाए जस्तै विकासलाई आ–आफ्नो ढंङ्गले नबुझौं । गल्ती सृष्टिमा होईन दृष्टिमा हुन्छ सबैलाई हेक्का रहोस ।


1657 पटक हेरिएको 






