इलाम । इलामको प्रज्ञा सदन को–एजुकेसन इलामका कक्षा– ८ मा अध्ययनरत विद्यार्थीले २९ औं अन्तर्राष्ट्रिय बाल दिवशको अवसरमा इलाम नगरपालिका–१० स्थित राहसल बाल अनाथलयमा रहेका अनाथ बालबालिकालाई आर्थिक सहयोग र खाद्यन्न, स्टेशनरी र खेलकूदका सामग्रीको प्रदान गरेका छन् । विद्यार्थी आफ्नो दैनिक खाजा खर्चबाट बचत गरी रकम जुटाएको दुई हजार दश रुपैयाँ, ५२ थान कापी, ५० थान कलम, १५ थान पेन्सिल, २÷२ थान ज्यामिति र लुडो र एक थान शव्दकोष लगायतका सामग्री प्रदान गरेका हुन् । यसै अवसरमा बाल अनाथलयमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा कविता बाचन कार्यक्रम समेत सम्पन्न भएको विद्यालयका कक्षा–८ का कक्षा शिक्षक सुमित सुब्बाले बताए । कार्यक्रम कक्षा–८ की छात्रा दिक्षा घिमिरेले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सीएम गुरागाईं, कोअर्डिनेटर ईश्वर खतिवडा, सामाजिक शिक्षक डिबेट आचार्य र शिक्षिका शिद्धिका प्रधान, अनाथलयका अध्यक्ष राजेन्द्र चौहान, सचिव राजेन्द्र चौहान, कक्षा–८ का विद्यार्थी लगायतको उपस्थिति थियो । विद्यालयले दिवशको अवसरमा गत भदौ २८ गते विद्यालयमा कक्षास्तरीय फूटवल प्रतियोगिता, २९ गते म्यानारथुन रेस र कक्षा १० का विद्याथीपर््द्वारा सांस्कृिित कार्यक्रम सिमेत भएका थिए ।


1210 पटक हेरिएको 






