भारतमा ६.१ रेक्टरकाे भुकम्प,इलाममा पनि धक्का महसुस

  सरलपाटी सम्वाददाता

 750 पटक हेरिएको

इलाम । इलाममा भर्खरै मात्र भुकम्पको धक्का महसुस भएको छ । अहिले १० ः ३८ बजेको समयमा इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा भुकम्पको ठूलो धक्का महसुस भएको हो । भुकम्पको धक्का महसुस भएपछि घर भित्र रहेका मानिस समेत घर बाहिर निस्केका थिए । भारतको बनगाईं क्षेत्रको योगआमगुरी भन्ने ठाउँलाई केन्द्रबन्दु भएर ६ दशमलब १ रेक्टरको भुकम्प गएको भुकम्प मापन केन्द्र काठमाडौंका सुस्मोलोजिस्ट भरत कोइरालाले जानकारी दिएका छन् । साे ठाउँ भुटानकाे सीमा नजिक रहेकाे उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार