इलाम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) काे भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) इलाम नगर पालिका वडा नम्बर १२ को विस्तारिक बैठक सम्पन्न भएको छ । वैठकमार्फत राजकुमार लिङ्गदमकाे अध्यक्षतामा नयाँ कमिटी चयन भएकाे छ । कमिटीकाे उपाध्यक्षमा राजकुमार राई, सचिवमा हेमराज राई, सह-सचिवमा दिलकुमार आङ्देम्बे र कोषाध्यक्षमा सीता बुढाथोकी चयन भएका छन् । यस्तै सदस्यहरुमा सरोज लिम्बू,चक्र बहादुर राई, प्रकाश साप्कोटा, विष्णु राई, सुबास लिम्बू, सुजन बाला राई, दुर्गा घिमिरे, प्रनिल कार्की, टंक रसाइली, डेबिट लिङ्ग्दम, भिम चेम्जोङ्ग, युवराज लिम्बु, अभिषेक लिम्बू प्रताप सुब्बा रहेका छन् ।
पार्टीकाे वडा कमिटी अध्यक्ष मंगलसिंह फेजुङको अध्यक्षतामा नगर अध्यक्ष प्रवाश शर्मा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
पार्टीकाे वडा कमिटी अध्यक्ष मंगलसिंह फेजुङको अध्यक्षतामा नगर अध्यक्ष प्रवाश शर्मा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सो कमिटी विस्तारित बैठकमा योङ्ग कम्युनिस्ट लिग (वाइसीएल)नेपालका केन्द्रीय सदस्य चन्द्रकला तामाङ,
नेकपा (माओवादी केन्द्र)जिल्ला सचिवालय सदस्य गिताराम रसाइली,वाइसीएल नगर अध्यक्ष कमल दुलाल,नगर कार्यालय सदस्य विविमाया लिङदम लगायत जिल्ला सदस्यहरूको उपस्थितिमा कार्यक्रम भएकाे हाे । योङ्ग कम्युनिस्ट लिग (वाइसीएल ) नेपाल सूर्योदय नगर समिति पदाधिकारी बैठक यहि १३ गते नगर सम्मेलन गर्ने निर्णय सहित सम्पन्न भएकाे छ ।


609 पटक हेरिएको 






