पत्रकार महासंघको चुनावमा विपुल पोख्रेलको प्यानल विजयी

प्यानल नै विजयी

  सरलपाटी सम्वाददाता

 331 पटक हेरिएको

काठमाण्डौ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल प्यानल सहितका उम्मेद्धार विजयी भएका छन् । पाँच वटा जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहे पनि गन्न बाँकी मत भन्दा पोख्रेलले अग्रता लिएको मत धेरै भए पछि पोख्रेलको प्यानल विजयी भएका हुन् ।

निर्वाचन समितिले उनको जितको औपचारिक घोषणा भने गरेको छैन । पाँच जिल्लाको अन्तिम परिणाम आउनु भन्दा अघि नै पोख्रेलले प्रतिष्पर्धी निर्मला शर्मासँग २१ सय मतको अग्रता लिएका छन् । महासंघका लग भग सबै पदाधिकारी नै पोख्रेलको प्यानलबाट विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्षमा उदय जीएम र बाला अधिकारी, महासचिवमा रोसन पुरी, सचिवमा गोविन्द चौलागाइँ, पवन आचार्य, सृजना अर्याल, नारायण लिम्बु, दिपेन्द्र चौहान र हेमकर्ण विक विजयी भएका छन् ।

यस्तै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति सदस्यमा लेखनाथ न्यौपानेको अग्रता कायमै छ । महासंघको धेरैजसो जिल्ला, प्रदेश, प्रतिष्ठान र एसोसिएट्स तर्फ पनि प्रेस युनियन र प्रेस संगठनकै प्यानलका उम्मेद्वारीको मत अगाडी छ। पत्रकार महासंघको चुनावमा नेपाली कांग्रेस निकट प्रेस युनियनले माओवादी निकट प्रेस संगठन सहित ११ दल नजिकका संगठनसँग गठबन्धन गरेको थियो ।

एमाले निकट प्रेस चौतारीले जसपा, राप्रपा लगायत नौ दल निकट संगठनसँग गठबन्धन गरेको थियो । यो चुनावमा पहिलो पटक प्रत्यक्ष निर्वाचित प्रणाली अपनाइएको थियो । १३ हजार एक सय मतदाता रहेकोमा ९५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार