थप १५२ जनामा कोरोना सङ्क्रमण

एक जनाको ज्यान गयो

  सरलपाटी सम्वाददाता

 259 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घन्टामा नेपालमा थप एक सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

४२ सय १३ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५२ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७७ हजार चार सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ६५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार आठ सय ५१ पुगेको छ । अहिले नेपालमा १५ सय ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार