२४ घण्टामा नेपालमा थपिए १६२ कोरोना संक्रमित

१४ सय ९३ जना सक्रिय सङ्क्रमित

  सरलपाटी सम्वाददाता

 251 पटक हेरिएको

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार थपिएका १६२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १९ पीसीआर परीक्षण भएका छन् । यस्तै, २४ घण्टामा ५९ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० छ । त्यस्तै १ हजार ४ सय ९३ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ७१ हजार ३ सय २७ पीसीआर परीक्षण भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार