काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।३१ सय ४० जनाको पीसीआर परीक्षण गर्दा एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार एक सय ४७ जना पुगेको छ । यस्तै गएको २४ घण्टामा एक सय १५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई सय २७ पुगेको छ ।
अहिले नेपालमा १३ सय ९० जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीस पुगेको छ ।


277 पटक हेरिएको 






