नेपालमा२४ घण्टामा १४१ जनामा कोरोना सङ्क्रमण

१३ सय ४१ जना सक्रिय सङ्क्रमित

  सरलपाटी सम्वाददाता

 247 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३१ सय २२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार नौ सय ८० पुगेको छ ।

यस्तै थप ८२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६ सय १२ पुगेको छ । अहिले नेपालमा १३ सय ४१ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण तीन हजार २७ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार