यो हप्ता सुनको भाउ समग्रमा ९ सय रुपैयाँले घट्यो

भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 244 पटक हेरिएको

इलाम । हप्ताको अन्तिम दिन आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ८६ हजार तीन सय रुपैयाँमा झरेको हो ।

समग्रमा भने यो हप्ता सुनको भाउ ९ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ शुक्रबार आज ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । आइतबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार दुई सय रुपैयाँले घटेको थियो ।

मंगलबार फेरि तोलामा तीन सय रुपैयाँले घटेर सुनको भाउ ८६ हजार सात सय रुपैयाँमा झरेको थियो । यो भाउमा बुधबार कुनै घटबढ भएन । तर हिजो भने तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा पुगेको थियो ।

यो भाउमा फेरि आज ६ सय रुपैयाँले घटेको हो । यस्तै यो हप्ता चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलाको १२ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज अन्तिम दिन १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार