नेपालमा २४ घण्टामा १२० जनामा कोरोना सङ्क्रमण

नेपालमा १२ सय १७ जना सक्रिय सङ्क्रमित

  सरलपाटी सम्वाददाता

 270 पटक हेरिएको

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२८ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७६ हजार पाँच सय नौ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई सय ७२ पुगेको छ । अहिले नेपालमा १२ सय १७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोनाबाट तीन हजार २० जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार