२४ घण्टामा थपिए ७७ जना कोरोना सङ्क्रमित

ज्यान गुमाउनेको सङ्ख्या शून्य

  सरलपाटी सम्वाददाता

 314 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

तीन हजार एक सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार नौ सय ६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ६ जना कोरोनामुक्त भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार नौ सय २१ पुगेको छ । आइतवार थपिएकामध्ये ४१ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ सय ६९ रहेको छ ।

गएको २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या शून्य छ । कोरोना सङ्क्रमणका कारण नेपालमा अहिलेसम्म तीन हजार १६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार