४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसाद तिम्सिना जेलमुक्त

जेलमुक्त

  सरलपाटी सम्वाददाता

 378 पटक हेरिएको

इलाम । कर्तव्य ज्यान मुद्दामा ४० वर्ष भन्दा धेरै समयदेखि भारतको कारागारमा थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना (दुपड) जेलमुक्त भएका छन् ।

माई नगरपालिका–१० लुम्बाकका तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए ।

उनमा लागेको आरोप प्रमाणित भने भएको छैन । दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार आदेश दिएको थियो । नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि कोलकाताको ‘दमदम कारागार’ ले मुक्त गर्ने प्रक्रिया शुरु गरेर आज जेलमुक्त गरेको हो ।

भाइ प्रकाशचन्द्र र कोलाकातामा रहेको नेपाली महावाणिज्य दूतका निजी सचिव सतिश थापाको रोहबरमा दुर्गाप्रसादलाई कारागारमुक्त गरेको हो । मुद्दा दर्ता भए पनि प्रहरीले अदालतको सुनुवाइ बिना नै दुर्गाप्रसाद तिम्सिनालाई जेलमा राखेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार