१२५ जना कोरोना संक्रमित थपिए

एक जनाको मृत्यु

  सरलपाटी सम्वाददाता

 261 पटक हेरिएको

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६१ नमुनाको पीसीआर परीक्षण भएको छ । यस्तै, शुक्रबार १२३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ ।

मुलुकभर १ हजार १ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ३० हजार ७ सय ८ पीसीआर परीक्षण भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार