
तेह्रथुम । तेह्रथुमको लालिगुँरास नगरपालिका वडा नम्बर ७ र ८ मा रहेका विभिन्न संघ संस्था तथा कार्यलयको अनुगमन गरिएको छ । अनुगमन कार्यक्रममा सुङनाम आयुवेर्दिक औषधालय लसुने बजार, लसुने बजार पुस्ताकालय, लालिगुँरास ग्रामिण सिकाई केन्द्र लसुने र गौरीशंकर आधारभुत विद्यालयको शुक्रबार अनुगमन गरीएको हो ।
संघसंस्था र विद्यालयको अवस्था कस्तो रहेको छ ? जान्नको लागि अनुगमन गरीएको पालिकाका उपप्रमुख तिला पोख्रेलले बताइन् । अनगुमनमा आयुवेर्दिक औषधालय र पुस्ताकालय के कसरी चलिरहेको छ, सेवाग्राहीहरुका समस्या, विद्यालयको भौतिक अवस्था, कक्षाकोठा, शौचालयको व्यवस्था, विद्यालयको शैक्षिक गुणस्तर, व्यावस्थापकिय पक्ष, विद्यालयमा विद्यार्थीहरुको संख्या, दिवासेवाको खाजा, छात्राहरुलाई सेनेटरी प्याड वितरण लगायतका पक्षमा अनुगमन भएको छ ।

पालिकाको आयोजनामा भएको अनुगमन कार्यक्रम उपप्रमुख पोख्रेलको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत निराजन श्रेष्ठ, शिक्षा अधिकृत सुरक्षा चापागाई र शिक्षा शाखा प्रमुख रामकृण्ण निरौलाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।


421 पटक हेरिएको 






