काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
३२ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा एक सय सात जनामा सङ्क्रमण देखिएको अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७५ हजार ६ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ६० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार ६ सय १० पुगेको छ । अहिले एक हजार जना आइसोलेशनमा रहेका छन् ।
२४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १५ पुगेको छ ।


240 पटक हेरिएको 






