२४ घण्टामा ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ५५ जना निको

  सरलपाटी सम्वाददाता

 256 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२७ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि भएको र अहिलेसम्म नेपालमा कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७५ हजार पाँच सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ५५ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार पाँच सय ५० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण तीन हजार १४ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार