प्रतियोगिताको पहिलो दिन नेपाल आर्मी र बिमानका खेलाडीबिच प्रतिष्पर्धा

अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिता

  सरलपाटी सम्वाददाता

 382 पटक हेरिएको

इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको पहिलो दिन आज नेपाल आर्मी र दिल्लीका खेलाडी सम्मिलित बिमान ट्रेडर्स विर्तामोड बिच प्रतिष्पर्धा हुने भएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिवल प्रतियोगिता इलामको इलाम नगरपालिकास्थित ठूलो टुडिखेलमा भएको हो ।

प्रतियोगितामा सात टिमले सहभागिता जनाउने जिल्ला भलिवल संघ इलामले जानकारी दिएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मि क्लव, गण्डकी प्रदेश, विमान ट्रेडर्स विर्तामोड र दमक नगर भलिवल क्लवको सहभागीता रहने जिल्ला भलिवल संघका अध्यक्ष डाकप्रसाद गौतमले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख एक हजार र दोस्रो पुरस्कार एक लाख एक हजार रुपैँया साथै ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

बाँकी अन्य विभिन्न सात विधामा भने ४५ हजार रुपैँया बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । खेल जिल्ला भलिबल संघ इलामको आयोजनामा भएको हो ।

८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका राष्ट्रियस्तरका खेलाडीको सहभागिता हुने संघले जनाएको छ । प्रतियोगितामा १२ वटा खेल हुनेछन् ।

अघिल्लो वर्ष कोभिड १९ का कारण तयारी गरिए पनि प्रतियोगिता स्थगित गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।

संघले यस अघि आयोजना गरेको २०७६ वैशाख २६ देखि २९ सम्म भएको प्रतियोगितामा गण्डकी प्रदेशले उपाधी जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार