‘चैत ५ पछि कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको सत्ता समीकरणले मूर्त रूप पाउँछ’

राजनीति किचलो

  सरलपाटी सम्वाददाता

 447 पटक हेरिएको

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रूप पाउने बताए ।

मङ्गलवार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीचको सत्ता समीकरणले मूर्त रूप पाउने बताएका हुन् ।

तीन दलबीच गठबन्धन हुने दाबी गर्दै उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गरिएका कारण तीन दलीय गठबन्धन प्राकृतिक हुने पनि बताए ।

उनले भने, ‘५ गते जसपाको बैठक छ । उनीहरूको त्यो बैठकपछि यो सत्ता समीकरणले मूर्त रूप पाउँछ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बीचमा गठबन्धन बन्छ किन भन्दा हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढङ्गले आन्दोलन गरेको सन्दर्भमा र संसद् पुनर्स्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’

नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार