सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा अर्जुन गिरी निर्वाचित

अध्यक्षमा गिरी

  सरलपाटी सम्वाददाता

 248 पटक हेरिएको

काठमाण्डौ । सामुदायिक रेडियोको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कपिलदेव खनालले १४ मत ल्याउँदा विजयी भएका गिरीले एक सय ६१ मत ल्याए । खसेकामध्ये तीन मत बदर भएको अकोराबले जनाएको छ ।

काठमाण्डौमा सम्पन्न अकोराबको पन्ध्रौँ साधारण सभा तथा सातौँ अधिवेशनले गिरी अध्यक्ष रहने गरी ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु अवस्थी, मधेशी उपाध्यक्षमा निमेष कर्ण, महिला उपाध्यक्षमा वन्दना दनुवार, जनजाति उपाध्यक्षमा मिलन गाहामगर र दलित उपाध्यक्षमा भुवन सिंह निर्वाचित भएका छन् ।

यस्तै महासचिवमा किशोरजंग थापा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल चुनिएका छन् । अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मतिले चयन गरिएको नवनिर्वाचित सचिव सुदर्शन खतिवडाले जानकारी दिए ।

नेपालमा तीन सय ५० भन्दा धेरै सामुदायिक रेडियो रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार