काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
४४ सय ८४ जनामा पीसीआर परीक्षण गर्दा ९७ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७५ हजार ७० पुगेको छ ।
यस्तै थप ६६ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार एक सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिले नौ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणको कारण कसैको पनि ज्यान गएको छैन ।
नेपालमा सङ्क्रमणका कारण तीन हजार १२ जनाको ज्यान गइसकेको छ ।


267 पटक हेरिएको 






