काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, मंगलबार ६० जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।
मुलुकभर ८ सय ७० जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २१ लाख ९९ हजार ९ सय ५० पीसीआर परीक्षण भएका छन् ।


361 पटक हेरिएको 






