माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

एमालेमा लागेका नेताहरूलाई पनि निम्तो

  सरलपाटी सम्वाददाता

 491 पटक हेरिएको

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो ।

बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने स्थायी कमिटीका सदस्य लीलामणि पोखरेलले जानकारी दिए । माओवादी केन्द्रले मङ्गलवारको बैठकका लागि एमालेमा गइसकेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणिचन्द्र थापालाई पनि बोलाएको छ ।

यद्यपि एमाले खेमामा लागेका नेताहरू अहिलेसम्म पेरिसडाँडा नपुगेको पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार