नेपालमा आठ सय २५ जना सक्रिय सङ्क्रमित

२४ घण्टामा ६६ जनामा कोरोना सङ्क्रमण

  सरलपाटी सम्वाददाता

 285 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार एक सय ११ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार सात सय २१ जना पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ५८ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ७० हजार आठ सय ८६ जना पुगेको छ । अहिले नेपालमा आठ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएन । अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार