इलाम । इलामको बगैंचामा रेष्टुरेन्टको माहोल शुक्रबार सधैभन्दा भिन्न थियो । रेष्टरेन्टमा जानेहरु केही खान होइन गजल सुन्न पुगेका थिए । गजल सुनाउन आइपुगेकाहरु पश्चिमेलीहरु भने इलामलाई लक्षित गरेर आएका होइनन् । पाँचथरमा हुने एउटा साहित्यिक कार्यक्रमका भाग लिन जाँदै गर्दा इलाममा अचानक गजल बाचनको कार्यक्रम राखिएको थियो । साहित्यिक कार्यक्रमको लागि पाँचथर जाँदै गर्दा अचानक इलाममा कार्यक्रमको आयोजना गरिएपनि श्रष्ठाहरुलाई समस्या भएन । श्रेष्ठाहरुले एउटा देखि तीनवटा सम्म रचना सुनाउन भ्याए । कार्यक्रमको शुरुमा साहित्यकारलाई स्वागत गर्दै आयोजक भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिका अध्यक्ष कवि विमल वैद्यले इलाममा ‘हाइज्याक’ शैलीमा कार्यक्रम राखिएको बताए । आयोजक फरक आयामका शन्धिभक्त शंकरले इश्वर दाहाललाई रचना बाचनको लागि स्टेजमा निम्त्याएपछि साहित्यिक माहोल शुरु भयो । गजल बाचनको लागि स्टेज उक्लिएका दाहालले पहिले शेर सुनाए ।
तिमी भन्छौ अञ्जुली भित्रै सिगो संसार चाहिन्छ ।
यहाँ सपना पनि हैसियत बराबर चाहिन्छ ।
दाहालको गजलको एउटा शेरले मात्रै हाइन । पुरै गजल बाचन गर्दासम्म दर्शकको ध्यान खिच्न सके । बीच बीचमा ‘वा’ सँगै दशकले ताली बजाउँदै उनले गजल सिध्याए र भने म अर्को एउटा गजल बाचन गर्छु ।
घाइते बनाएर छाडेको पनि काम आयो
आज वैशाखी टेकेर साथी मलाम आयो
कार्यक्रमका सञ्चालक शन्धिभक्त शंकरले भूमिकासँगै गजलकैको शेरले माहोललाई थप साहित्यिक बनाउँदै अर्का श्रष्ठा लोकेन्द्र बञ्जराको हातमा माइक थमाए । बञ्जराले मनछुने गजलबाट दर्शको मन जित्दै ताली थापे ।
प्रेम ग¥यौ अब तिमिलाई निदाउन बर्षै लाग्छ
वालक जस्तो दुनियालाई सम्झाउन वर्षै लाग्न
उनले फेरि अर्को गजल सुनाए
उत्ति मरियो अब अरु मरिने ठाउँनै छैन
खरानिको फेरि फेरि सल्किने ठाउँ छैन ।
कार्यक्रममा आगन्तुक दश जना श्रष्टाले गजल र कविता सुनाए । संगीता थापा, मुक्त उदास, राम अविरल विष्ट, रोशन परियार, प्रदीप थापा, सीता प्याकुरेल, निश्चिल आशु घायल, टिका आत्रेय, सुमन स्मारिका लगायतका श्रेष्ठाहरुले कविता पस्किएका थिए । हतार हतारको कार्यक्रममा इलामका तीन जनाले आगन्तुकका लागि रचना पस्किए ।
इलामका शिशिर भट्टराई र प्रवेश निषेध प्रतिभा पौडेलले मञ्च पाए । उनीहरुको प्रस्तुतिले पनि कार्यक्रमको रौनक अझ थप्यो ।
फरक फरक स्वादको सिर्जना सुन्न पाएका इलामेहरु आफ्नो धीत नमर्दै कार्यक्रम सकिएको जानकारी आइहाल्यो ।


1175 पटक हेरिएको 






