इलाम । अदालतबाट दोषी प्रमाणित भई हालसम्म फरार ३६ जना अभियुक्त इलाममा पक्राऊ परेका छन् । फैसला कार्यन्वयन प्रक्रियालाई तिव्रता दिन गएको साउन महिनादेखि हालसम्म सो बराबरका अभियुक्तहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरु सवारी ज्यान–१, बैदेशिक रोजगार ढगी–१, बहुविवाह–३, जवरजस्ति करणी–५, ढगी–२, कुटपिट–२, कर्तव्य ज्यान–२, हातहतियार खरखजना–१, लागु औषध–१, प्रतिलिपि हनन–१, केही सार्वजनिक अपराध–१, अभद्र–१, जालसाची–१, सवारी अङभङ–१, डाका आगजनी–१, बन–११ र चोरी–१ का प्रतिवादीहरु रहेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिए ।
विभिन्न अपराधका फरार प्रतिबादीहरुलाई खोततलास गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा माईनगरपालिका ४ का ४१ वर्षिय दिपक दर्जी, मेची नगर नगरपालिका ११ का ५४ वर्षका कृष्ण बहादुर मगर, इलाम नगरपालिका ३ का ३४ वर्षका अनिस गुरुङ्ग, इलाम नगरपालिका ४ का ४८ वर्षका भक्तबहादुर घतानी (विश्वकर्मा), सुर्योदय नगरपालिका २ का ४३ वर्षका सन्तोष बस्नेत, माईजोगमाई गाउँपालिका ५ का ५२ वर्षका चन्द्र बहादुर लिम्बू, चुलाचुली गाउँपालिका ३ का ३० वर्षका मिलन भन्ने अनिस राई, पाँचथर घर भई हाल चुलाचुली गाउँपालिका ३ बस्ने जितकुमार भन्ने निश्चल राई, माइजोगमाई गाउँपालिका ३ का ३१ वर्षिय विष्णु कुमार राई, सुर्योदय नगरपालिका ५ का ४४ वर्षका मोटे भन्ने हर्कबहादुर लिम्बू पक्राउ परेका छन् ।
यस्तै माईजोगमाई गाउँपालिका ३ का २९ वर्षका सोमकुमार राई, देउमाई नगरपालिका ६ का ३३ वर्षका धन बहादुर खुलाल, फाकफोकथुम वडानम्बर ४ का ६३ वर्षका श्याम बहादुर भन्ने सन बहादुर कामी, इलाम नगरपालिका ६ का ४५ वर्षका संजिव राई, रोङ्ग गाउँपालिका ५ का २७ वर्षका राम सुनुवार मुखिया, इलाम नगरपालिका ७ का ३६ वर्षका दिलकुमार श्रेष्ठ, माई नगरपालिका १० का ६८ वर्षका नर बहादुर मगर, सुर्योदय नगरपालिका १४ का ४१ वर्षका टिका तिम्सिना, सोहि पालिकाका ४३ वर्षका चन्द्र बहादुर दर्नाल, ४५ वर्षका धन बहादुर लेप्चा, माई नगरपालिका १० का ५० वर्षका डम्बर बहादुर मगर, देउमाई नगरपालिका ९ का ७९ वर्षका हर्क बहादुर खजुम, इलाम नगरपालिका ११ का ४५ वर्षका तेज बहादुर लिम्बू, देउमाई नगरपालिका १ का ४० वर्षका दलबहादुर गुरुङ्ग पक्राउ परेका हुन् ।
यसैगरी सुर्योदय नगरपालिका ३ का २८ वर्षका वचन राई, इलाम नगरपालिका ७ का २४ वर्षका राजन बराईली, इलाम नगरपालिका १ का ४९ वर्षका मधुमाया रसाईली, इलाम नगरपालिका ३ का ८७ वर्षका डिग बहादुर थापा, देउमाई नगरपालिका १ का ३१ वर्षका दिनेश लामिछाने, माई नगरपालिका २ का ६२ वर्षका पूर्ण बहादुर लिम्बू, रोङ्ग गाउँपालिका २ का २८ वर्षका प्रितम राई, चुलाचुली गाउँपालिका ४ का ३९ वर्षका कुमार विश्वकर्मा, चुलाचुली गाउँपालिका ४ का २८ वर्षका उदय बहादुर लिम्बू, चुलाचुली गाउँपालिका ४ का राम बहादुर लिम्बु, इलाम नगरपालिका ३ का भक्तबहादुर राई र सूर्योदय नगरपालिका १२ का लाक्पा भन्ने तालाक्पा शेर्पारहेका अधिकारी सूवेदीले बताए ।
पक्राउ परेकाहरुलाई इलाम जिल्ला अदालतमा पेश गरेकोमा कैद÷जरिवाना भुक्तानको लागी कारागार कार्यालय इलाममा पठाईएको छ ।


420 पटक हेरिएको 






