थप १२० जनामा कोरोना सङ्क्रमण

८३ जना डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 279 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

६ हजार एक सय ४३ जनाको पीसीआर परीक्षण गर्दा एक सय २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रवार थपिएकासँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६ सय आठ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८३ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ७० हजार सात सय ६६ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा आठ सय ३२ जना सक्रिय सङ्क्रमित छन् ।

यसैबीच गएको २४ घण्टामा नेपालमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार १० जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार