सुनको भाउ घटेर तोलाको ८६ हजार ५ सय रुपैयाँमा झर्‍यो

भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 419 पटक हेरिएको

इलाम । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । भाउ घटेर आज सुनको मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा पुगेको भाउ आज फेरि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोनाको जोखिम पछि भएको लकडाउनका क्रममा तोलामा एक लाख रुपैयाँ कटेको सुनको भाउ अहिले घट्न थालेको हो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज तोलामा ३० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार