ब्राउन सुगर सहित इलाममा चार जना पक्राउ

पक्राउ

  सरलपाटी सम्वाददाता

 661 पटक हेरिएको

इलाम । ब्राउन सुगर सहित इलाममा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इलामका सूर्योदय नगरपालिका १० का दियोग राई, देउमाई नगरपालिका ४ का प्रवेश तिरुवा, इलाम नगरपालिका ५ का योगेश राई र पाँचथरको फिदिम नगरपालिका १० का अनिल लिम्बू रहेका छन् ।

उनीहरु क्रमश २३, १८, ३५, २३ उमेरका रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । उनीहरुको साथबाट ७५० मिलि ग्राम ब्राउन सुगर, स्टिलको प्लेट १ थान, नेपाली ५ को नोट ३ थान र लागुऔषध सेवनमा प्रयोग हुने ढुङग्रो समेत बरामत गरिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।

उनका अनुसार, बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले हिजो साझ ५ बजे पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यलय इलाममा थप अनुसन्धान गरीरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार