लगातार घटेको सुनको भाउ चार सय रुपैयाँले बढ्यो

भाउ बढ्यो

  सरलपाटी सम्वाददाता

 242 पटक हेरिएको

इलाम । लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।

आज तोलामा ४ सय रुपैयाँले बढेर सुन ८८ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा सुनको भाउ ८८ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार