
उफ् ! छिनछिनमा उसको याद नआए हुने नी
माया पनि यो मनले उसैसँग नलाए हुने नी
मायाको सताई अरुको भन्दा निकै बेग्लै
मन त उसैको भो दिमाख भरी नछाए हुने नी
काम अनि यात्रासँगै लयमा छ उसको याद
हत्तेरी, उसैको नामको गीत, नगाए हुने नी
काबुमा राखुँ यो मनलाई मान्ने होइन
भूल्दै नभूल्ने भनी कसम नखाए हुने नी
छिनछिनको यादले बेहिसाब सताउछ
यो जुनीमा भेटै हुन नपाए हुने नी
उफ् ! छिनछिनमा उसको याद नआए हुने नी
माया पनि यो मनले उसैसँग नलाए हुने नी !!
सुजता सुनुवार इलाम


1080 पटक हेरिएको 






