काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले छिटै वार्ता गर्ने बताए।
झापामा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहका कारण देशमा भइरहेको समस्या छिटै समाधान हुने र वार्ताको तयारी भइरहेको बताए । ‘छिटै वार्ता हुँदैछ, तपाईँहरूले घरघरमा बसेर त्यो वार्ता हेर्न पाउनुहुनेछ’, ओलीले भने।
उनले संयुक्त राष्ट्र सङ्घले आइतबार मात्रै सार्वजनिक गरेको विश्व शान्तिको सूचकमा नेपालले स्थान सुधार गरेको र दक्षिण एसियामै पहिलो देश बनेको पनि बताए ।
देशमा विकासको अभूतपूर्व लहर चलिरहेको ओलीको भनाइ छ । उनले औद्योगिक पार्कले नेपालको व्यापार घाटा घटाउन सहयोग पुग्ने बताए । नेपालले विदेशबाट किनेर मात्रै ल्याउने नभइ बेच्ने हिसाबले पनि काम गर्नु पर्ने उनको भनाइ छ ।


273 पटक हेरिएको 






