काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरे ।
शनिबार काठमाण्डौमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताए ।
कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबै भन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहेको तर आफूले ुबालुवा पेलेर तेल निस्किदैन तर पनि कोसिस गर्नुपर्छ भनेको बताए ।


289 पटक हेरिएको 






