बोलेरोको ठक्करबाट मोटरसाईकल यात्रीको मृत्यु

मृत्यु

  सरलपाटी सम्वाददाता

 291 पटक हेरिएको

सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २५ बर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको छ ।

गएराती पौने १२ बजे बराहक्षेत्र नगरपालिका – ५ भरोल स्थितमा दक्षिण तर्फ जाँदै गरेको को १ ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना ३९ प ५०७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटसाईकलमा सवार सोही स्थान बस्ने २६ वर्षीय कृष्ण कुमार राजधामी र २५ बर्षीय डिगन गुरुङ गम्भिर घाईते भएका थिए । घाईते मध्ये डिगन गुरुङको घोपा धरानमा उपचारको क्रममा सोही राती पौने १ बजे मृत्यु भएको थियो भने कृष्ण राजधामीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

ठक्कर दिने बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिका बस्ने उदेश राई प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार