इलाम । जनता समावजादी पार्टी जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीमा अझैपनि सत्तामा रहिरहने अनैतिक चिन्तन देखिन थालेको बताएका छन् ।
बिहीबार इलाम सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले प्रधानमन्त्री ओलीमा सत्ताको महत्वकाक्षा देखिन थालेको बताएका हुन् । ‘खसी बोका बजारमा जस्तो संसादको किनबेट गरेर संख्या पु¥याएर जवरजस्ती प्रधानमन्त्रीमा रहिरहने अनैतिक चिन्तन देखा परेको छ,’ नेता यादवले भने, ‘कस्तो महत्वकाक्षा हो ?’
अध्यक्ष यादवले संविधान उल्लङघन गरे बापत प्रधानमन्त्रीलाई कार्वाही हुनुुपर्ने माग गरेका छन् । ‘सामान्य व्यक्तिले कानुन उल्लङघन गर्दा गिरफ्तार हुन्छ जेल जानुपर्छ,’ अध्यक्ष यादवले थपे,‘संविधान उल्लङघन गर्दा प्रधानमन्त्रीले कार्वाही भोग्नु पर्छ कि पर्दैन ।’ सर्बोच्च अदालतले प्रधानमन्त्रीले संविधान उल्लङघन गरेको प्रमणीत गरेपछि एक सेकेण्ड पनि प्रधानमन्त्री बस्न नपाउने अध्यक्ष यादवले दावी गरे । उनले अझैपनि केपी ओलीनै प्रधानमन्त्री रहिरहे देश बर्वाद हुने र जनताले दुख पाउने बताए ।’
अध्यक्ष यादवले प्रधानमन्त्री ओली संघीयता र लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको भन्दै त्यही महत्वकाक्षाको परिणाम प्रतिनिधिसभा विघटन भएको जिकिर गरे । ‘प्रधानमन्त्री ओली संघीयता र समावेशी भत्काउन थाल्नु भएको छ’, उनले भने,‘ संविधान निस्तेज पारेर निरंकुश बन्ने बाटोमा लाग्नु भएको छ ।’
मुलकु सञ्चालनको लागि कम्युनिष्ट पार्टीनै असफल भएको भन्दै प्रधानमन्त्रीले भनेजस्तो संसदले प्रधानमन्त्रीलाई कहिल्यै असहयोग नगरेको जसपा अध्यक्ष यादवको भनाई छ । ‘कम्युनिष्ट पार्टी असफल भयो, देश चलाउन पनि जनताको समस्या समाधान गर्न पनि’,उनले प्रश्न गरे,‘प्रधामन्त्रीलाई संसदले कहाँ असहयोग ग¥यो, नीति कार्यक्रम बजेट पास भएन कि, बिलहरु पास भएनन् ?’ असपा अध्यक्ष यादवले सुखी नेपाली सम्बृद्ध नेपाल नारा नै बिफल भएको बताए । प्रधानमन्त्रीले नेपाललाई दरिद्र नेपाल दुखी नेपाली बनाएको उनको आरोप छ ।
अध्यक्ष यादवले प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि सिथिल भएको आरोप लगाए । ‘कांग्रेसको मुख्य नेतृत्व केपी ओलीको अघि लाचार भयो’,उनले भने,‘उहाँहरु एक दुईवटा संवैधानिक नियुक्ती एक दुईवटा राजदुत नियुक्तीको लागि लालाहित हुनुभएको छ ।’ अध्यक्ष यादवले जनता समाजवादी पार्टीनै अहिलेको तेस्रो बैकल्पी धार भएको दावी गर्नुभयो । अध्यक्ष उादवले पहिचान र सामर्थको आधारमा प्रदेशको पुनरसंरचना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जसपाका वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्य सरदसिंह भण्डारी, परसुराम बस्नेत लगायतले बोलेका थिए ।


390 पटक हेरिएको 






