ओलीले राजीनामा नदिए १३ दिनभित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्छौँ ः पम्फा भुसाल

चेतावनी

  सरलपाटी सम्वाददाता

 360 पटक हेरिएको

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिनभित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिइन् ।

नेकपा प्रचण्ड–माधव समूहले बुधबार राजधानीमा निकालेको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले नैतिकता र मानवीय स्वाभिमान छ भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएकी छिन् ।

सर्वोच्च अदालतले निर्णय गर्ने बित्तिकै राजीनामा आउनु पर्नेमा अहिलेसम्म राजीनामा नआएको भन्दै नैतिकताको आधारमा राजीनामा नदिए १३ दिनभित्र बस्ने प्रतिनिधि सभाबाट गलहत्याएर निकाल्ने उनले चेतावनी दिइन् ।

उनले भनिन् , ‘हारेको प्रतिगामीले उठ्छु भन्ने परिकल्पना गरेको छ भने त्यो दुस्वप्न हुनेछ । तेह्र दिन भित्र प्रतिनिधि सभाको बैठक बस्ने छ र त्यहाँबाट गलहत्याएर फालिने छ । म अहिले पनि अपिल गर्छु यो संविधानको हत्या गर्ने र संविधानको संरक्षण गर्न नसक्नेहरूले छिटो भन्दा छिटो ठाउँ खाली गरिदिएर आफूले गरेको अपराधप्रति पश्चाताप गरेर कतै बसिदिए हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार