अब एक कल फोन गरेकै भरमा बैंकबाट ऋण पाइने

ऋण

  सरलपाटी सम्वाददाता

 357 पटक हेरिएको

काठमाण्डौ । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईँले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ ।

अहिले ‘फोन लोन’को सुविधा तीन वटा वाणिज्य बैंकले दिइरहेका छन् । अहिलेसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा दिएका छन् । नेपालमा पहिलो पटक सुरु भएको फोन लोन मार्फत सय दिनमा कुल एक हजारले ऋण लिएको पाइएको हो । निजी क्षेत्रको सेवा प्रदायक एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ्ग र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिमा आकर्षण देखिएको हो ।

बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकताअनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको सम्बन्धित बैंकले जनाएको छ ।

बैंकले दुई लाख रुपैयाँसम्म ऋण दिने गरिएको छ । बैंकमा खाता भएका व्यक्तिले आफ्नो मोबाइल बैंकिङमार्फत् निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंंकसम्म जानुपर्ने तथा धितो राख्नुपर्ने झन्झटसमेत हुँदैन । ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन् ।

बिनाधितो, बिनाकागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले जानकारी दिए । उनले भने, ुएफवान सफ्टले जहिले पनि आममानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार