२४ घण्टामा ९७ जनामा कोरोना सङ्क्रमण

११४ जना डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 271 पटक हेरिएको

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

दुई हजार नौ सय ३१ जनाको पीसीआर परीक्षण भएकोमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७३ हजार दुई ६३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय १४ जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ६ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा एक हजार पाँच सय ८३ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार