दुई पालिकाका ७७ किसानको माटो परीक्षण

माटो परीक्षण सीविर

  सरलपाटी सम्वाददाता

 594 पटक हेरिएको

इलाम । इलामको चुुलाचुली गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । प्रदेश सरकारको सघनबाली विकास कार्यक्रम अन्तर्गत माटो परीक्षण शिविर सञ्चालन गरिएको हो ।

कार्यक्रम अन्तर्गत गठन भएको ठूलो चासो सघन बालि विकास आयोजना समितिको आयोजना र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा समिति अन्तर्गत रहेका ४४ जना र माई नगरपालकिाका ३३  गरी ७७ जना किसानको माटो परीक्षण गरिएको कृषि ज्ञान केन्द्र इलामका निमित्त प्रमुख टोनी वर्देवाले जानकारी दिए ।

माटो परीक्षणको क्रममा माटोको बुनोट, माटोमा रहेको मुख्य खाद्य तत्वको अवस्था हेरेर जीपसन र कृषि चुनको मात्रा सिफारिस गरिने बर्देवाले बताए ।

सघनबाली विकास कार्यक्रम सञ्चालनमा रहेको क्षेत्रमा किसानले मुख्य गरी मकै र धानको खेती लगाइदै आएको छ । अन्य पालिकाको भने क्रमशः सबै पालिकाकालाई समेट्दै ल्याबमा नै परीक्षण गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार