सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

भाउ घट्यो

  सरलपाटी सम्वाददाता

 291 पटक हेरिएको

इलाम । सुनको भाउ आज फेरि घटेको छ ।

हिजो एकै दिन तोलामा ११ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको हो । आज सुन तोलाको ८९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ११ डलरले घटेर १७ सय ८१ डलर कायम भएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार