सरस्वती पूजाका दिन विद्यार्थीको सहयोग विद्यार्थीलाई नै

सरस्वती पूजा

  सरलपाटी सम्वाददाता

 567 पटक हेरिएको

इलाम । सरस्वती पूजाको अवसर पारी इलाममा ठूला कक्षाका विद्यार्थीले साना कक्षाका विद्यार्थीलाई सहयोग गरेको छ । इलामको इलाम नगरपालिका ५ बरबोटेस्थित अमर उच्च माध्यमिक विद्यालयका विद्यार्थीले राहसल बाल अनाथलयका विद्यार्थीलाई आर्थिक सहयोग गरेका हुन् ।

कम्प्युटर इन्जिनियरिङ कक्षा ११ मा अध्ययनरत अमर उच्च माविका विद्यार्थीहरुले इलाम नगरपालिका ९ स्थित राहसल बाल अनाथलयका विद्यार्थीलाई ११ हजार रुपैँया बराबरको सहयोग गरेको विद्यालयका शिक्षक अर्जुन शर्मा ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार, सो रकम बराबरको विविध स्टेसनरी सामान दिनुका साथै पूजाका दिन बाल गृहका १५ जना विद्यार्थीहरुलाई खाना समेत खुवाएका छन् । विद्यार्थीहरुले सस्थाका अध्यक्ष राजेन्द्र चौहानको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

विविध सास्कृतिक कार्यक्रमको आयोजना गरी अमर उच्च मावि कक्षा ११ का विद्यार्थीले बाल गृहमा नै सरस्वती पूजा मनाएको बताइएको छ । यस्ता कार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै विद्यार्थीहरुले भने यो गतिविधिलाई आगामी दिनमा समेत निरन्तरता दिनेछौँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार